०८ असार २०८३, सोमबार
विशेष अपरेसन

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा जावलाखेलबाट ५० जना पक्राउ

भदौ २७, २०८१
काठमाडौं
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा जावलाखेलबाट ५० जना पक्राउ

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले ५० जनालाई पक्राउ गरेको छ ।

क्रिप्टो कारोबार गरेको आरोपमा बिहीबार  ललितपुरको जावलाखेलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा केही चिनियाँ नागरिकसमेत छन् । 

उनीहरूले कल सेन्टर र क्रिप्टो कारोबार गरेको प्रहरीको दाबी छ । 

उनीहरूमाथि स्क्रिनिङ गरेर अनुसन्धान भइरहेको बोगटीले बताए । 

हाल क्रिप्टोकरेन्सी कारोबारविरुद्ध सीआईबीले विशेष अपरेसन चलाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्