
यसअघि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीवार भने दोहोरो अङ्कले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक ७८.१७ अङ्कले बढेर २६८८.३८ को बिन्दुमा बन्द भएको हो । यसदिन बजारमा १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयरको खरिद–बिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन बुधवारमात्रै नेप्से परिसूचक २२.७३ अङ्कले घटेर २६१०.२१ बिन्दुमा अडिएको थियो ।
साताको पहिलो कारोबारदेखि नै निरन्तर दोहोरो अङ्कले घटेको शेयर बजारमा साताको अन्तिम कारोबारका दिन बिहीवार दोहोरो अङ्कले बढेर बन्द भएको छ ।
उच्च अङ्कले बढेको बजारमा बिन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चरस, इस्ट्रिन हाइड्रोपावर र रवा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तोमा यिनका लागनीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । त्यस्तै, बिहीवार थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा मात्रै सर्वाधिक गिरावट आएको छ । यसको शेयर मूल्य १० प्रतिशतले घटेको हो ।
यस साता यस्तो भयो कारोबार:
साताको पहिलो दिन आइतवार नेप्से परिसूचक २५.४६ अङ्कले घटेर २७०१.९० को बिन्दुमा अडिएको थियो । यसदिन बजारमा २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयरको खरिद–बिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, साताको दोस्रो दिन सोमवारमात्रै नेप्से परिसूचक ५८.८६ अङ्कले घटेर २६४६.०३ को बिन्दुमा अडिएको थियो । जहाँ २ करोड ९ लाख १७ हजार ९८२ कित्ता शेयरको खरिद–बिक्री हुँदा ९ अर्ब ३६ करोड ९८ लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको कारोबारको तेस्रो दिन मङ्गलवार नेप्से परिसूचक १३.०९ अङ्कले घटेर २६३२.९४ को बिन्दुमा अडिएको थियो । जहाँ १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयरको खरिद–बिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबारका भएको थियो ।
साताको चौथो दिन बुधवार नेप्से २२.७३ अङ्कले घटेर २६१०.२१ बिन्दुमा अडिएको थियो । यसदिन बजारमा १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयरको खरिद–बिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ८९ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबारका दिन बिहीवार नेप्से ७८.१७ अङ्कले बढेर २६८८.३८ को बिन्दुमा बन्द भएको छ ।