२६ असार २०८३, शुक्रबार

कोशी सरकारमा सहभागी हुँदै कांग्रेस, आज शपथ

भदौ २८, २०८१
विराटनगर
कोशी सरकारमा सहभागी हुँदै कांग्रेस, आज शपथ

नेपाली कांग्रेस आज (शुक्रबार) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेसका चार जनालाई समेटेर मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेश सरकार विस्तार गर्न लागेका हुन् ।  

मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । तर, कांग्रेसकै संस्थापनइतर समूहबाट भने कसैलाई मन्त्री बनाइएको छैन ।

नेता शेखर कोइराला समूहले मन्त्रीको नाम नदिएको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले बताए । 

कोशी प्रदेशका महामन्त्रीसमेत रहेका भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने तामाङले जानकारी दिए । राईलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएको छ । 

प्रमुख सचेतक तामाङका अनुसार ताप्लेजुङका खगेनसिह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने छन् । 

झापाका भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने भएका छन् । राई र राजवंशी नेता कृष्णप्रसाद सिटौला समूहका हुन भने केही हाङ्गाम र मडल देउवा समूहका हुन् । बिहान ९ बजे मन्त्रीहरूको शपथ ग्रहणसमेत राखिएको तामाङले बताए । 

असार १७ गते केन्द्रमा एमाले कांग्रेसको गठबन्धन बनेपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रमा मन्त्रीहरूले राजीनामा दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्