२५ असार २०८३, बिहीबार

केजरीवाललाई जमानत : १७७ दिनपछि रिहा हुने भएपछि आम आदमी पार्टीमा उत्सव

भदौ २८, २०८१
काठमाडौं
केजरीवाललाई जमानत : १७७ दिनपछि रिहा हुने भएपछि आम आदमी पार्टीमा उत्सव

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली रक्सी घोटालासँग सम्बन्धित मुद्दामा जमानत पाएका छन् ।

सर्वोच्च अदालतले शुक्रबार उनलाई जमानत दिएको हो । अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको छ ।

जमानत पाएसँगै केजरीवाल १७७ दिनपछि जेलबाट बाहिर आउने भएका छन् । प्रवर्तन निर्देशालय (ईडी)ले उनलाई मदिरा नीति मुद्दामा मार्च २१ मा पक्राउ गरेको थियो । पछि २६ जुनमा सीबीआईले उनलाई जेलबाट हिरासतमा लिएको थियो ।

दुई अनुसन्धान एजेन्सीहरू (ईडी रसीबीआई)ले केजरीवालविरुद्ध मुद्दा दर्ता गरेका छन् । दिल्लीका मुख्यमन्त्रीलाई ईडी मुद्दामा जुलाई १२ मा सर्वोच्च अदालतबाट जमानत दिइएको थियो ।

केजरीवालले जमानत पाएपछि आम आदमी पार्टीमा उत्सवको माहोल छ । निर्णय हुनेबित्तिकै पार्टी कार्यकर्ता तथा समर्थकले पार्टी कार्यालयमा भेला भएर मिठाई बाँडेका थिए ।

केजरीवालकी पत्नी सुनिताले इन्स्टाग्राममा लेखेकी छिन्, 'तपाईको परिवारलाई बधाई छ, हाम्रा अन्य नेताहरूको छिट्टै रिहाइको कामना।'

दिल्लीका पूर्वमुख्यमन्त्री मनिष सिसोदियाले‘संविधानभन्दा माथि कोही नभएको भन्दै यो निर्णय केजरीवालको जमानतको मात्र नभई देशलाई अधिनायकवादको चिन्ता नगर्ने आश्वासन' भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्