×

उपसभामुखबाट पदीय जिम्मेवारीविपरीत काम भयो, तर उनलाई हटाउन मिल्दैन : माओवादी

काठमाडाैं | भदौ २८, २०८१

नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन नहुने बताएको छ । उपसभामुखले पदीय जिम्मेवारीविपरीत अमेरिकी दूतावासलाई पत्र लेखेको भए पनि उनलाई हटाउन नहुने माओवादीको तर्क छ ।

Laxmi Bank

माओवादीको संसदीय दलको आजको बैठकले लेटरहेड प्रयोगमा विचार पुर्‍याउनुपर्ने भए पनि अहिले एकाएक उनलाई हटाउने तयारीको समर्थन गर्न नसकिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।


Advertisment

‘उपसभामुख जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले लेटरहेड प्रयोग गर्दा विचार पुर्‍याउनैपर्ने थियो,’ पाण्डेले भने, ‘तर अहिले सत्तारुढ दलले एकाएक उपसभामुखलाई हटाउने तयारी गरेका छन् । यसैले हामीले सरकार सही बाटोमा छैन भन्ने निष्कर्ष निकालेका छौं ।’


Advertisment

अहिले सत्तारुढ दलले उठाएको विषय उचित नभएको भन्दै पाण्डेले उपसभामुखलाई हटाउन खोजिए प्रतिवाद गर्ने बताए ।

‘सत्तारुढ दलले उपसभामुखलाई हटाउन खोजेको विषय बेठीक छ,’ पाण्डेले भने, ‘हामीले संसद्‌मा विरोध गरिसकेका छौं । उपसभामुखलाई हटाउन खोजे हामी प्रतिवाद गर्छौं ।’

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपसभामुखले पदीय मर्यादाविपरीतको काम गरे पनि उनलाई हटाउन नहुने जिकिर गरेको छ ।

तर सत्तारुढ दलले पदीय मर्यादाविपरीतको काम गरेको भन्दै दुईतिहाइ मत पुर्‍याएर हटाउने बताउँदै आएका छन् ।

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x