०२ असार २०८३, मंगलबार

राष्ट्रपतिद्वारा वरिष्ठ महिला चिकित्सकलाई सम्मान

भदौ २८, २०८१
काठमाडौं
राष्ट्रपतिद्वारा वरिष्ठ महिला चिकित्सकलाई सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकलाई सम्मान गरेका छन् । 

नेपाल चिकित्सक सङ्घद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् । 
 
सम्मानित हुनेमा वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्न्तर्गत डा रीता गुरूङ, डा शान्तकुमारी सापकोटा, डा हीरा तुलाधर, डा गीता सायमी र डा कल्पना सुवेदी उपाध्याय छन् । वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा सुनिता आचार्य, डा सुधा खकुरेल, डा विमला लाखे, डा मालती त्रिपाठी र डा अम्बिका श्रेष्ठ छन् । उनीहरूलाई राष्ट्रपति पौडेलले दोसल्ला एवं सम्मानपत्रसहित सम्मान गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्