०१ साउन २०८३, शुक्रबार

नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : अध्यक्ष प्रचण्ड

भदौ २८, २०८१
काठमाडौं
नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाधार विकासका लागि मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । 

नेपाल उद्योग परिसङ्घले आज आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको समापनमा कार्यक्रममा उनले पछिल्लो समय मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको यसलाई अझै बढाएर लैजानुपर्नेमा जोड दिए । 

नेपालमा ठूलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रूपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको बताउँदै अध्यक्ष दाहालले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउ आफूहरूले प्रयास गरिरहेको बताए । 

उनले नेपाल पूर्वाधार सम्मेलनले पनि लगानीमैत्री वातावारण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र यसका निष्कर्षलाई राज्यले गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गरे । 

अध्यक्ष दाहालले दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै नेपाल उद्योग परिसङ्घले सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आइरहेकामा आयोजकलाई धन्यवाद दिए । 

salt training

कमेन्ट गर्नुहोस्