
बझाङको गदराया केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्पको धक्का गएको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।
भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ । सो क्षेत्रमा पटक पटक भूकम्प जाने गरेको केन्द्रको रेकर्डमा देखिन्छ ।