०७ साउन २०८३, बिहीबार

धुलिखेल–खावा सडकको सास्ती : अवधि सकिएको पाँच महिना भइसक्यो, काम २० प्रतिशत मात्रै [फोटो फिचर]

भदौ २९, २०८१
काठमाडौं
धुलिखेल–खावा सडकको सास्ती : अवधि सकिएको पाँच महिना भइसक्यो, काम २० प्रतिशत मात्रै [फोटो फिचर]

घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे सडक, ठाउँ ठाउँमा खाल्डाखुल्डी छन् ।

null

पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडकमा यात्रा गर्न सर्वसाधारणले निकै सास्ती भाग्नु परेको छ ।

निर्माण कम्पनीको लापरबाहीले त्यस क्षेत्रका स्थानीयहरू वषौंदेखि धुलो र हिलो झेल्न बाध्य छन् । 

null

भक्तपुरस्थित सडक डिभिजन कार्यालयले काठमाडौंको गौरीपार्वती निर्माण सेवा नामक निर्माण कम्पनीको लापरबाहीका कारण समयमै निर्माण सम्पन्न हुन नसकेको जनाएको छ । 

निर्माण सम्पन्न गर्न विभिन्न समयमा सवारी साधन आवागमन बन्दगरी कार्य अगाडि बढाए पनि अझै सकिएको छैन ।

null

राजधानी काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको खासा बजारसम्म पुग्न सकिने सडक नेपालको एक प्रमुख व्यापारिक सडक पनि हो । 

केही वर्षदेखि जीर्ण बन्दै भएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो । 

null

निर्माणाधीन सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो । केही महिना समय थपेर पुनर्निर्माण थालिएकाले छिटो सम्पन्न गर्ने योजना रहेता पनि अहिलेसम्म जम्मा २० प्रतिशत काम मात्र सकिएको छ ।

null

null

null

null

null

null

null

null

null

कमेन्ट गर्नुहोस्