३१ असार २०८३, बुधबार

राजतन्त्रको लागि बेसरम यसरी मान्छे उफ्रिएको पञ्चायतमा पनि देखेको थिइँन : प्रधानमन्त्री ओली

भदौ २९, २०८१
काठमाडौं
राजतन्त्रको लागि बेसरम यसरी मान्छे उफ्रिएको पञ्चायतमा पनि देखेको थिइँन : प्रधानमन्त्री ओली
फाइल तस्वीर

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रकालभन्दा पनि अहिले राजावादीहरू बेसरम रूपमा सडकमा उफ्रिरहेको बताएका छन् । 

स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले पहिले पदधारी उफ्रिने गरेकोमा अहिले आशाधारी कराइरहेको बताएका हुन् ।

‘यति सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम भएर उफ्रिएको मैले देखेको थिइँन । राजतन्त्र हुँदा पनि केही पञ्चहरू भेला हुन्थे अनि कराउँथे । पञ्चायतका बेला पदधारी कराउँथे तर अहिले आशाधारी कराइरहेका छन्,’ ओलीले भने, ‘नेपाललाई लोकतान्त्रिक देश नदिने, ल अर्डर कायम हुन नदिने, नेपालको सुशासनलाई व्यवस्थित मार्गमा अघि बढ्न नदिने प्रयास  भइरहेको छ । विकास र समृद्धिको बाटोमा अगाडि बढ्न नदिने र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा हुन नदिन कोही जानेर, कोही नजानेर एउटा माहोल खडा गर्न लागेको छन् । यसलाई परास्त गर्नुपर्छ ।’​

झुट, भ्रम, षडयन्त्र, तिकडममा लाग्नेहरूविरुद्ध उत्रिनुपर्ने ओलीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्