२३ जेठ २०८३, शनिबार

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी

भदौ ३१, २०८१
काठमाडौं
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न​ छैटौं महाधिवेशनले  रेग्मीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । 

null

यसैगरी उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडा) र डा. मनिता राजकर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार), कोषाध्यक्षमा सुनिलराज श्रेष्ठ (यूएई) र मिडिया संयोजकमा रामराज ओली (न्यूजिल्याण्ड) चयन भएका छन् । 

यसैगरी केदार तिमिल्सिना (अमेरिका), मञ्जु कर्माचार्य (यूके), सुरेश गौतम (क्यानडा), रामजी खत्री (कतार), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र विक्रम हमाल (कुवेत), राजन काफ्ले (आयरल्याण्ड), दीपक श्रेष्ठ (ओमान) र नवराज बस्नेत (नेपाल) केन्द्रीय सदस्य चयन भएका छन् । 

केन्द्रीय सदस्य निर्वाचित हुनेमा कमान सिंह खत्री (सेशेल्स), नवीन गौतम (अस्ट्रेलिया), वीरेन्द्र श्रेष्ठ (स्पेन), सोमेश अर्याल (नाइजेरिया), बर्षा छेत्री (युगान्डा), नागेन्द्र जोशी (भारत), चन्दन भण्डारी (पोर्चुगल), भीमसेन थापा (दक्षिण कोरिया), गजन अधिकारी (यूएई), विकास सुवेदी (घाना), ज्योत्स्ना उपाध्याय (अमेरिका) र शेरब नामग्याल लामा गुरुङ (डेनमार्क) रहेका छन् । २९ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै स्टार अस्पताल लिमिटेडका अध्यक्ष किशोर कुमार महर्जनले रक्तदान महादान भएको भन्दै नेपालमा अझै यसको जनचेतना जगाउन जरुरी भएको बताए । जनमानसमा स्वतस्फूर्त रूपमा रक्तदानको भावना आउनुपर्ने भन्दै उनले स्टार अस्पतालले आफ्नै ब्लड बैंक संचालन गरी दिनहुँ बिरामीलाई रगत उपलब्ध गराउँदै आइरहेको बताए । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रेग्मीले संघले रक्तदानसम्बन्धी जनचेतना जगाई अहिलेसम्म २१ देशमा आफ्नो भगिनी संस्थाहरू विस्तार गर्न सफल भएको बताए । 

३२ बढी देशमा यस्ता गतिविधिहरू भइरहेको समेत उनले जानकारी दिए । जहाँ जहाँ नेपालीहरू पुगेका छन् त्यहाँ रक्तदानसम्बन्धी जनचेतना जगाई सोही स्थानमा रक्तदानमा सरिक गराउने काममा संघले काम गरिरहेको उनको भनाइ थियो ।

विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रूपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्न संघको स्थापना भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्