१८ असार २०८३, बिहीबार

नेपाली एक हजार रुपैयाँका ११५ थान नक्कली नोटसहित एक जना पक्राउ

भदौ ३१, २०८१
काठमाडौं
नेपाली एक हजार रुपैयाँका ११५ थान नक्कली नोटसहित एक जना पक्राउ

नेपाली एक हजार रुपैयाँका ११५ थान नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपल्चोकको सुनकोशी गाउँपालिका-३ घर भै हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का रहेका छन् । 

ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ललितपुर महानगरपालिका-८ सौगलमा उनले भाडामा लिएको कोठाबाट एक हजार दरका ११५ थान नक्कली नोट र फोटोकपी मशिनसहित नियन्त्रणमा लिइएको हो ।  

रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्