२८ जेठ २०८३, बिहीबार

रामधुनीका इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भदौ ३१, २०८१
काठमाडौं
रामधुनीका इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका इन्जिनियर देवेन्द्रनारायण चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

चौधरीले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको प्रमाणित हुन आएको अभियोगपत्रमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित गरेको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम उनी विरुद्ध सजाय हुन मागदाबी लिई आरोप-पत्र दायर गरिएको घिमिरेले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्