×

पूर्व डीएसपीको लेख

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

काठमाडाैं | असोज १, २०८१

  • विपिन गौतम

वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए ।

Laxmi Bank

नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थामा पुग्छन् । सबै चाडपर्व वर्षायामपश्चात शुरू हुने हुँदा प्राय: सडकका कारण दुर्घटना बढी हुन्छ ।


Advertisment

नेपालीको लामो बिदा भनेको बडादशैं बिदा नै हो । प्राय: मानिस लामो छुट्टीको पर्खाइमा बसेका हुन्छन् । करिब आधाजसो जनसंख्या काठमाडौंबाट आफ्नो घरगाउँ फर्किन्छन् ।


Advertisment

अहिले टिकट कसरी पाउने पहिलो समस्या रहेको छ भने सवारी साधन कस्तो पर्छ भन्ने पनि समस्या एवं चिन्ताको विषय रहेको छ ।

एकसाथ छोटो समयमा ३० लाखको हाराहारीमा यात्रु व्यवस्थापन गर्नुपर्ने हुँदा सवारी व्यवस्थापनमा पनि समस्या नै हुन्छ ।

सवारी साधन र सवारी चालकलाई तयार गरेर फुर्सद नदिइकन यात्रु ओसारपसार गरिनाले विभिन्न सवारी समस्या निम्तिने गरेको सहजै अनुमान लगाउन सकिन्छ ।

लामो दुरीका सवारीको अग्रिम टिकट खुला हुने बेला पनि भयो । यात्रा गर्ने यात्रीले चाहेको सवारीसाधन पाउन पनि कठिनाइ हुन्छ । कुन बस कुन दिन पठाउने अहिले नै तय गरिहाल्न यातायात व्यवसायीलाई पनि कठिन नै हुन्छ ।

गत वर्ष बसपार्कमा सवारी साधनको अवस्था बारेमा यातायात व्यवस्था कार्यालयबाट खटिएका प्राविधिकले चेकजाँच गरेको जानकारीमा आएको थियो।

विपिन गौतम

सबैजसो सवारीसाधन यसबेला यात्री बोक्न आउने र यात्रीको चाप पनि बढी नै हुने हुनाले जसरी भए पनि यात्री लिएर गइहालोस् भन्ने सोचाइ प्राय: सबै पक्षमा देखिन्छ।

सडकमा सवारी साधन बिग्रने, मोटरपार्टस लिन नजिकका ठूला शहरमा पुगी मेकानिक्स समेत लिई आउनुपर्ने समस्या छ । यी समस्याको समाधानका लागि सरकारी पक्ष र यातायात व्यवसायी समेतले सडकमै मर्मत गर्न सक्ने गरी Road side assistance vehicle, Tow van, Crane and Operator हरू उपलब्ध हुने व्यवस्था मिलाउनुपर्छ ।

कुन–कुन सडकमा यातायात सञ्चालनमा के कस्ता सावधानी अपनाउनुपर्छ भन्ने कुरा स्थानीय विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने निकायले जानकारी गराउन उचित हुनेछ ।

सडक कार्यालय, नेपाल प्रहरी र स्थानीय तहको पहलमा सडक सुरक्षित र चाडपर्वको समयमा दुर्घटनारहित आवागमन व्यवस्थापनको काम शुरू गर्न समय आइसकेको छ ।

यो वर्ष सडकमा सवारी दुर्घटना न्यूनीकरणका लागि अहिलेदेखि नै पहल शुरू गरौं ।

हामी नेपालीको महान पर्व अब सम्मुख आइसकेका बेला सडक दुर्घटनाले कैयौं परिवारलाई क्षति पुर्‍याउने पारिवारिक जीवन नै तहसनहस बनाएको विगतका उदाहरणबाट पाठ सिकेर यसवर्ष सडक दुर्घटनारहित यात्रा बनाउन सबै मिलेर काम गर्नु जरुरी छ ।

कसरी सवारी दुर्घटना कम गर्न सकिन्छ ? कस्को जिम्मेवारीमा के–के हुन आवश्यक छ ?

गर्नुपर्ने काम सम्बन्धित पक्ष

क) सवारी साधन मर्मत (सवारी धनी, चालक र मर्मत केन्द्रको दायित्वमा)

ख) २ सवारी चालकको अनिवार्य व्यवस्थापन (सम्बन्धित व्यवसायी, संघ–संस्था, मजदुर संघ-संगठन)

ग) पहाडी तथा ग्रामीण सडकमा टाइम कार्ड (जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, यातायात व्यवस्था कार्यालय)

घ) जनपद प्रहरीसहित ट्राफिक प्रहरीले धेरै स्थानमा गति मापन (मापसे लापसे) (यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, स्थानीय अस्पताल)

ङ) सडक मर्मत सम्भारको वास्तविक कार्य (सडक कार्यालय, स्थानीय निकाय)

च) दुर्घटना नहोस्, तर भइहालेमा राजमार्ग नजिकका अस्पतालमा आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्था (जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय निकाय)

छ) क्रेनलगायत तत्काल सडक सुचारु गर्न सक्ने प्रविधिसहितको चालक स्ट्यान्डबाइ (जिल्ला प्रशासन कार्यालय, सडक कार्यालय, नेपाल प्रहरी) (कतिपय चालकहरू चाडपर्वमा आफूखुसी सवारी साधन क्रेन डोजर छोडी गइदिनाले आवश्यक समयमा काम रोकिएको देखिएकाले कडाइका साथ वा भाडा करारमा सोही सवारी साधन चालकहरू थप गर्ने र पालोको व्यवस्था मिलाउन सकिने)

ज) ‘चाडपर्व विशेष सुरक्षा योजना’मा अनिवार्य जिल्ला प्रशासन कार्यालय, सडक कार्यालय, नेपाल प्रहरी, स्थानीय तहका प्रतिनिधि, यातायात व्यवसायी, मजदुर संघ–संगठनका प्रतिनिधि, रेडक्रसका प्रतिनिधि सम्मिलित टोली नै तयार गरेर जिल्ला प्रहरी कार्यालयमा एक समूह कुनै निश्चित समयमा आवश्यकताअनुसार खटाउन वा खटिन सक्ने गरी राख्न सकिएमा दुर्घटनापश्चातको समयमा व्यवस्थापन कार्य सहज हुनेछ।

झ) सडकमा जता पनि टिकट काउन्टर खोल्ने वा दलालमार्फत टिकट किनबेच गर्ने काममा प्रतिबन्ध लगाउनुपर्छ ।

ञ) टिकटको दाम देखिनेगरी उल्लेख गरिएको बोर्ड बनाई राख्न लगाउने, यसबाट सर्वसाधारणलाई साधारण बस, डिलक्स बस, एसी र ननएसी बसको भाडा जानकारी हुने भएकाले ठगिन पर्दैन।

ट) हाल नेपालका सबै प्रदेशमा स्थानीय निजी टेलीभिजन कार्यक्रम प्रशारण गरिएका छन् । स्थानीय भाषा समेतमा सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, टिकट दरदाम, सवारी साधनको किसिम आदि प्रशारण गरी जानकारी गराउन सकिन्छ।

ठ) चाडपर्वमा सवारी साधन चालकको कमी हुने भएकाले एउटै चालकले दिन र रात चलाउने हुँदा दुर्घटनाको सम्भावना बढी हुने हुँदा पनि सडकमा चालकको समय देखिने गरी फोटो खिच्ने र अभिलेख राख्ने व्यवस्था हुन आवश्यक छ । सडकमा सामान्य सीसीटीभी निगरानी बढाउन सकिन्छ ।

के हामी यात्रा गर्दा डराइरहेका छैनौं?
अवश्य पनि! घरबाट निस्केपछि, चालकको भरमा पूरै परिवारसहितको यात्रा गर्दा डर लाग्ने धेरै कारणहरू देखा पर्छन्। सवारी चालकले सवारी साधन चलाउँदा गर्ने गलत व्यवहारले यात्रीलाई डर लाग्नु स्वाभाविक हो। जस्तै:

  • मोबाइल फोनमा कुरा गर्दै
  • नजिकका यात्रुसँग गफ गर्दै
  • समय-समयमा मोबाइलबाट गीत परिवर्तन गर्दै
  • अनावश्यक गतिविधि देखाउँदै सवारी चलाउने (चुरोट, खैनी, पान परागको प्रयोग)
  • कहिले छिटो चलाउने
  • स्टेयरिङबाट हात छोडेर जिउ तन्काउने
  • टाइम कार्ड लागू भएका स्थानमा छिटो कुदाउने अनि रोकेर राख्ने, फेरि दौडाएर लैजाने

यसरी गलत व्यवहार गर्ने चालकविरुद्ध ट्राफिक प्रहरीले कारबाही गर्दा यात्रुलाई पनि जानकारी गराउनुपर्छ, जसले चालक र यात्रुबीच टाइम कार्डको लापरबाहीबारे सजगता फैलाउन सक्छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ (संशोधनसहित) अनुसार, लामो दुरीमा सवारी चलाउँदा हरेक ४ घण्टामा विश्राम लिनुपर्ने नियम छ, तर चाडपर्वको समयमा यसको पालना हुँदैन।

दफा १०४ अनुसार, लामो दूरीमा अनिवार्य रूपमा २ जना चालक हुनुपर्छ। सम्मानित सर्वोच्च अदालतले पनि २ जना चालक अनिवार्य राख्न आदेश दिएको छ, तर यसको कार्यान्वयन फितलो छ र व्यवसायीहरूले २ चालक राख्न रुचि देखाउँदैनन्। परिचालक पनि कम्तीमा १८ वर्षको उमेरको हुनैपर्छ ।

यात्राको क्रममा चालकको अनावश्यक गतिविधिका कारण यात्रु डराइरहेका हुन्छन्। मनमा केही भन्न चाहेर पनि सहन बाध्य हुनुपर्ने अवस्था छ। यस्तो अवस्था सिर्जना हुन नदिन जिम्मेवारी चालकको हुन जरुरी छ। थाकेको चालकबाट सवारी नियन्त्रण कठिन हुन्छ।

जुनसुकै जिल्लामा यात्रा गर्दा चालकको गलत व्यवहार देखियो वा सवारी दुर्घटनाको जोखिम महसुस भयो भने १०० वा १०३ नम्बरमा फोन गरेर स्थानीय प्रहरीलाई जानकारी दिन सकिन्छ। अन्य आवश्यक सम्पर्क नम्बरहरू तल लेखिएका छन्।

नेपाल प्रहरीले जिल्लागतरूपमा सार्वजनिक सूचना आफ्ना फेसबुक पेज, इन्स्टाग्राम, एक्स (ट्विटर) मा उपलब्ध गराउन जरुरी हुन्छ । विभिन्न जिल्लाका प्रहरी कार्यालयहरूको फेसबूक पेजमा सम्पर्क नम्बरहरू राखिएका हुन्छन्। चाडपर्वको समयमा फोटो खिच्नका लागि मोबाइलबाट व्हाट्सएप, म्यासेन्जर प्रयोग गरेर प्रहरीले सजिलै कारबाही गर्न सक्छ।

सचेत यात्रुहरू धेरै छन्, तर चालकको भर पर्नुपर्ने अवस्था छ। चाडपर्वको समयमा पुराना सवारी साधन मर्मत गरेर प्रयोगमा ल्याउँदा दुर्घटनाको सम्भावना बढ्छ, जसको जानकारी केवल साहुलाई हुन्छ। नयाँ चालक राख्दा उनीहरू पनि अन्जान हुन सक्छन्।

यातायात व्यवस्था कार्यालयले चाडपर्वको समयमा सवारी साधनको निरीक्षण गर्न जरुरी छ। अझ चाडपर्वको बेला इजाजतपत्रको पनि आवश्यकता नहुँदा, यसको नियन्त्रण झन् कमजोर हुन्छ। यातायात व्यवस्था कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीबीच समन्वय गरेर सडकमा रेखदेख गर्नुपर्ने आवश्यकता छ।

सडक सुरक्षा सबैको जिम्मेवारी हो। के अब हामी नेपालको राजमार्गलाई "मृत्यु मार्ग" भनेर स्वीकार्न तयार छौं? पक्कै पनि होइन। तर, सामान्य लापरबाही, अदक्ष चालक, भौगोलिक जानकारी नहुने चालक, उचित मर्मत नभएका सवारी साधन र नयाँ मार्गहरू दुर्घटनाको प्रमुख कारण बनिरहेका छन्।

२०७६ देखि २०८० सम्म दशैंका सवारी दुर्घटनाको विवरण:

  • विगतका ५ वर्षमा दशैंको समयमा ६०२ जना आफन्त गुमाएका छौं, यसमध्ये ४३८ जना पुरुष थिए। मुख्य सदस्यको मृत्युले दशैंको उत्सवलाई शोकमा परिणत गरिदिन्छ।
  • गम्भीर घाइते हुनेहरूको संख्या १७१२ थियो, जसमा ११७१ जना पुरुष थिए।
  • कुल सवारी दुर्घटना ४६०८ थियो, जसमा साधारण घाइते ५३२८ जना थिए।

दशैंका विभिन्न वर्षहरूमा भएका सवारी दुर्घटनाहरू:

  • २०७६: ७०० दुर्घटना, १११ मृतक
  • २०७७: ८५६ दुर्घटना, ११४ मृतक
  • २०७८: ९६७ दुर्घटना, १७३ मृतक
  • २०७९: ९३२ दुर्घटना, १०७ मृतक
  • २०८०: ११५३ दुर्घटना, ९७ मृतक

दशैं २०८१ नजिकै आइरहेको छ। सबै चालकलाई जिम्मेवारीपूर्वक सवारी चलाउन आग्रह गर्दछु। दुर्घटना न्यूनीकरणको पहल हामीले गर्नैपर्छ।

प्रहरी सम्पर्क नम्बरहरू: १००, १०३, १६६००१४१५१६, ९८४९०९११३९
गुनासोका लागि: १११३, ९८५१२९३०००, ०१-५७१९८२१

https://www.facebook.com/NepalPolicePHQ/

https://x.com/NepalPoliceHQ

लेखक गौतम पूर्व प्रहरी नायव उपरीक्षक हुन् ।

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x