०७ साउन २०८३, बिहीबार

ओल्मो कम्तीमा पाँच साता मैदानबाहिर

असोज १, २०८१
काठमाडौं
ओल्मो कम्तीमा पाँच साता मैदानबाहिर

स्पेनिस फूटबल क्लब बार्सिलोनाका एट्याकिङ मिडफिल्डर तथा विङ्गर ड्यानी ओल्मो कम्तीमा पनि अबको पाँच साता मैदानबाहिर रहने भएका छन् ।

ओल्मोको मांसपेशीमा चोट लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिँँदै बार्सिलोनाले उनले पाँच साता खेल्न नसक्ने जनाएको हो ।

ला लिगाअन्तर्गत आइतवार जिरोनाविरुद्धको खेलमा ओल्मो घाइते भएका थिए । उनले खेलको ६१औं मिनेटमा मैदान छाडेका थिए ।

ओल्मोले गत जुलाईको युरोकपमा स्पेनलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका थिए । 

त्यसपछि ओल्मोलाई बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगबाट भित्र्याएको हो । उनले बार्सिलोनाका लागि ला लिगाका दुई खेल खेल्दा दुवैमा गोल गरेका छन् ।
 

कमेन्ट गर्नुहोस्