३० जेठ २०८३, शनिबार

मुक्तिनाथ फाउन्डेसनको तेस्रो वार्षिकोत्सवमा नि:शुल्क दन्त परीक्षण र रक्तदान कार्यक्रम

असोज १, २०८१
काठमाडौं
मुक्तिनाथ फाउन्डेसनको तेस्रो वार्षिकोत्सवमा नि:शुल्क दन्त परीक्षण र रक्तदान कार्यक्रम

मुक्तिनाथ फाउन्डेसनले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदानका साथै नि:शुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ५५ पोका रगत संकलन भएको छ भने ४८ जनाले निःशुल्क दन्त परीक्षण गरिएको छ ।

कार्यक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने दन्त परीक्षण सेवाका लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग रहेको फाउन्डेसन​ले जनाएको छ ।

सोही अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले १० हजार, सञ्चालक सीताराम काफ्लेले १० हजार र सञ्चालक रामप्रसाद पोख्रेलले १५ हजार रुपैयाँ आ-आफ्नो जन्मोत्सवको उपलक्ष्यमा संस्थालाई आर्थिक सहयोग गरेका थिए ।

सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको हो ।

null

salt training

कमेन्ट गर्नुहोस्