१० साउन २०८३, आइतबार

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– निरन्तर सफलताको कामना

असोज १, २०८१
काठमाडौं
मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– निरन्तर सफलताको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

मंगलवार सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै ओलीले भारतीय प्रधानमन्त्री मोदीको सुस्वास्थ्य, खुशी र निरन्तर सफलताको कामना गरेका छन् ।

‘वर्षभरि सुस्वास्थ्य, खुशीसँगै तपाईँको नेतृत्वको निरन्तर सफलताको कामना गर्दछु । तपाईँले धेरैलाई प्रेरित गर्न सक्नु हुनेछ भन्ने कामना गर्दछु,’ उनले एक्समा लेखेका छन् । 

सन्  १९५० काे सेप्टेम्बर १७ मा भारतको गुजरातमा जन्मिएका मोदी ७४ वर्षका भएका छन् ।   

salt training

कमेन्ट गर्नुहोस्