
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
मंगलवार सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै ओलीले भारतीय प्रधानमन्त्री मोदीको सुस्वास्थ्य, खुशी र निरन्तर सफलताको कामना गरेका छन् ।
‘वर्षभरि सुस्वास्थ्य, खुशीसँगै तपाईँको नेतृत्वको निरन्तर सफलताको कामना गर्दछु । तपाईँले धेरैलाई प्रेरित गर्न सक्नु हुनेछ भन्ने कामना गर्दछु,’ उनले एक्समा लेखेका छन् ।
सन् १९५० काे सेप्टेम्बर १७ मा भारतको गुजरातमा जन्मिएका मोदी ७४ वर्षका भएका छन् ।