०१ साउन २०८३, शुक्रबार

नेपाल भित्रियो ‘एट्टिक होटल इन’

असोज १, २०८१
काठमाडौं
नेपाल भित्रियो ‘एट्टिक होटल इन’

होटलको बुकिङ्ग र व्यवस्थापनसम्बन्धी काम गर्दै आएको ट्राभियालिटी नेपालले काठमाडौँमा ‘एट्टिक होटल इन’ भित्र्याएको छ । गैरआवासीय नेपालीले स्थापना गरेको ट्राभियलिटीले होटल व्यवस्थानसम्बन्धी तालिम दिने तथा डिजिटल प्रचारको काम गर्दै आएको छ । कम्पनीका स्टाट्रेजी अफिसर सोमनाथ सापकोटाका अनुसार हाल साना ठूला गरी २७ वटा होटलसँग सहकार्य गर्दै आएको कम्पनीले आगामी एक वर्षमा एक हजार होटलसँग सहकार्य गर्ने तयारी रहेको छ ।

एट्टिक होटल इन को आज एक कार्यक्रमकाबीच नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) र होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले संयुक्तरुपमा सुभारम्भ गरे । 

सो अवसरमा पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले पर्यटन क्षेत्रको प्रवर्द्धनमा विभागले निजी क्षेत्रसँगको साझेदारिता र सहयोग अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गरेर पर्यटकीय पूर्वाधारको प्रभावकारी सदुपयोग गरिनुपर्नेमा जोड दिए । 

बोर्डका उपाध्यक्ष सापकोटाले होटल पूर्वाधारमा भित्रिएका ब्राण्डले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्दनलाई प्रभावकारी बनाउन बोर्डले बजेट तथा आगामी कार्ययोजना बनाइरहेको जानकारी दिए । 

कम्पनीका स्टाट्रेजी अफिसर सापकोटाले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय होटल ब्राण्ड भित्रिरहेका र यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ट्राभियालिटी नेपालको पर्यटन क्षेत्रको सुधारसँगै होटलका सेवा सुविधा सुधार गरी विद्यमान ३० देखि ४० प्रतिशतको हाराहारीमा रहेको ‘अकुपेन्सी’ दरलाई सुधार गर्ने उद्देश्यसहित एटिक इन होटल एण्ड रिसोर्ट ब्राण्डको सुरुआत गरिएको कम्पनीले उल्लेख गरेको छ ।

यसले फ्रेन्चाइज मोडलमा ‘रिजर्भेसन सिस्टम’को माध्यमबाट मझौला साथै सबै प्रकारका होटलको व्यवस्थापन, प्रवर्द्धन र बजार व्यवस्थापन, गुणस्तर अभिवृद्धि गर्दै आएको सापकोटाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्