
नेकपा बहुमत, कम्युनिस्ट पार्टी नेपाल र कम्युनिस्ट को–अर्डिनेशन नेपालबिच पार्टी एकता घोषणा भएको छ । तीन पार्टीबिच एकता भएको नेकपा बहुमतले वक्तव्यमार्फत जानकारी दिएको छ ।
बहुमत केहीअघि मोहन वैद्य नेतृत्वको पार्टीबाट फुटेको थियो । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (बहुमत) राखिएको छ ।
वक्तव्यमा दलाल पुँजीवादी सत्ताद्वारा लादिएको जनघाती र राष्ट्रघाती क्रियाकलापविरुद्ध एकजुट हुन आह्वानसहित गरिएको छ ।