२७ जेठ २०८३, बुधबार

आजदेखि धरहरा खुला, केही दिन निःशुल्क चढ्न पाइने

असोज ३, २०८१
काठमाडौं
आजदेखि धरहरा खुला, केही दिन निःशुल्क चढ्न पाइने

संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालनमा आउँदै छ । २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको घरहरा पुनर्निर्माण भएसँगै संविधान दिवसको दिन पारेर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो । 

भूकम्प गएको ९ वर्षपछि सर्वसाधारणले धरहरा चढ्न पाउने भएका छन् । 

संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन। धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । 

अहिले धरहरा चढ्न कुनै शुल्क भने लाग्ने छैन । अहिलेलाई एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ ।

बिहान साढे १० देखि दिउँसो साढे ४ सम्म सर्वसाधारणले धरहरा चढ्न पाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्