
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमनन्त्री केपी शर्मा ओली बिहीबार संविधान दिवसका अवसरमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले ओली साँझ साढे ६ बजे दरबारमार्ग पुग्नेछन् ।
कन्सर्ट दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडिको सडकमा हुनेछ । त्यसका लागि मञ्चलगायतको तयारी बुधबारदेखि नै गरिएको थियो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कन्सर्टकै लागि भनेर केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।
कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुती रहनेछ । नागरिकस्तरबाट हुने भनिएपनि कन्सर्टमा सरकारको प्रत्यक्ष सहयोग छ ।