१५ असार २०८३, सोमबार

अमेरिका उडिन् काठमाडौँकी उपमेयर

असोज ३, २०८१
काठमाडौं
अमेरिका उडिन् काठमाडौँकी उपमेयर

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल अमेरिका प्रस्थान गरेकी छन् ।  संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन उनी अमेरिका प्रस्थान गरेकी छन् ।
उनलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरे । बिदाइका लागि प्रशासन विभागका प्रमुख नमराज ढकाल, सभा गृहका प्रमुख सुदर्शन भट्टराई, सचिवालय प्रमुख सौरभ गौत्तमसहित अधिकारीहरु विमानस्थल पुगेका थिए ।

उनीसँगै परशुराम नगरपालिकाका प्रमुख भरत जोशी र युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गरेका छन् । 

उपप्रमुख डंगोल महासभा बैठकअन्तर्गतको समिट अफ द फ्युचरमा सहभागी हुने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्