३१ जेठ २०८३, आइतबार

साथीहरू गाडी चढ्न डराएपछि दिलबहादुर एक्लै आए दशैँ खर्च जुटाउन !

मुख्यमन्त्रीलाई दिए ‘काठको कोसी’ उपहार
असोज ३, २०८१
बुटवल
साथीहरू गाडी चढ्न डराएपछि दिलबहादुर एक्लै आए दशैँ खर्च जुटाउन !

उमेरले ६० वर्ष पुगेका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न बिहीवार देउखुरीस्थित प्रदेशकाे राजधानी राप्ती उपत्यका आइपुगे । 

शिरमा ढाकाटोपी, खुट्टामा प्लास्टिकको चप्पल र पिठ्यूमा भारी बोकेका उनीले अन्ततः मुख्यमन्त्री आचार्यलाई भेटे । दशैं खर्च माग्न आएका उनले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार दिए ।

‘यो काठको कोसी हो । हातैले बनाएको । यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो,’ उनले भने, ‘मुख्यमन्त्रीज्यू, दशैँ त आइहाल्यो त । खर्च चाहियो ।’ 

दशैँ खर्च माग्न यसपालि राउटे समुदायबाट दिलबहादुर एक्लै लुम्बिनी प्रदेशसम्म आइपुगेका हुन् । ‘साथीहरू आउन थालेका थिए । गाडी चढ्न डराए,’ उने थपे, ‘मरे मैँ मरुँला भनेर आएँ ।’ 

राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । उनीहरूले मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । 

राउटे समुदाय हरेक वर्ष दशैँ खर्च जुटाउन प्रदेश सरकारसम्म धाउँदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रोसँग दशैँ मनाउन दिलबहादुरमार्फत सो समुदायलाई सन्देश पठाएका छन् । ‘राम्रोसँग दशैँ मनाउनुहोला, मेरो सबैलाई शुभकामना छ,’ उनले भने, ‘राम्रोसँग जानुहोला ।’

salt training

कमेन्ट गर्नुहोस्