२५ जेठ २०८३, सोमबार

संविधान दिवस

असोज ३, २०८१
काठमाडौं
संविधान दिवस
संविधान दिवसका अवसरमा बिहीवार (असोज ३ गते) साँझ काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट गरिएको ‘नेसनल डे कन्सर्ट’मा सहभागीहरू ।

संविधान दिवस, हामी सबै मनाउन आतुर छौँ ।
दिवस पनि के भनौं, बनाउने त हामी नै हौं ।।

३०८ वटा धाराहरूमध्ये, २८२ वटामा पानी आउँदैन ।
प्रस्तावनामा लेखिएको समाजवाद, पुस्तकले दिलाइ दिँदैन ।।

बोल्न हाम्रो मुख छैन, सही कुरा राख्नका लागि ।
प्रष्ट कुरा, मौलिक हक, आमनागरिकमा दुहाइ ।।

प्रारम्भिक, नागरिकता भागपछि लेखिएको मौलिक हक ।
लेखिएर के भो त, सरकारले सुन्दैन प्रारम्भदेखि आजतक ।।

संविधानमा मौलिक हक त ३१ छन्, तर केही काम लागेन ।
किताबका कुरा कहीँकतै अस्पताल र विद्यालयले सुन्दै सुनेनन् ।।

संविधान आयो–धान आएन, कानून आयो–नुन आएन ।
गरिबबहादुर भिखारीको दैलोमा, सरकार पुगेन ।।

सरकार, राज्य र शासकले कहिल्यै मौलिक हक गुनेनन् ।
गरिब निमुखाको दबाई र शिक्षा कहीँ प्राथमिकतामा परेनन् ।।

संविधान दिवस त मनाउँला, रित्तै भकारी भएपनि ।
संविधानको पुस्तक मात्र रही सबै धारा सुकेपनि ।।

संविधान दिवस मनाउँला बिमति  धेरै रहेपनि ।
आशाको दियो बालेर,  रित्तो पेट बाँचेपनि ।।

(यो संविधान दिवसलाई लक्षित गरी लेखिएको कविता हो) ।
 

salt training

कमेन्ट गर्नुहोस्