२९ जेठ २०८३, शुक्रबार

माओवादी बैठकमा अखिल क्रान्तिकारीको महाविधेशनबारे छलफल

असोज ३, २०८१
काठमाडौं
माओवादी बैठकमा अखिल क्रान्तिकारीको महाविधेशनबारे छलफल
फाइल तस्वीर ।

नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार बसेको पदाधिकारी बैठकले पार्टीको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को महाधिवेशनका सम्बन्धमा छलफल भएको प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

विद्यार्थी सङ्गठनको महाधिवेशन असोजको पहिलो साता तय भएको भए पनि आवश्यक तयारी पूरा नभएको भन्दै  केही दिन सारिएको हो । सोही सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भएको उनको भनाइ छ । पार्टी अध्यक्ष, महासचिव, विद्यार्थी मोर्चा हेर्ने प्रमुख र विद्यार्थी सङ्गठनका अध्यक्ष बसेर महाधिवेशनको नयाँ मिति तय गरिने उनले बताए ।

यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको काम कारबाही एवं देशभर भएका बैठक तथा छलफलका बारेमा विचार विमर्श भएको प्रवक्ता सापकोटाले जानकारी दिए । मुलुकभरि अनेकन प्रकारका अराजकता देखापरेकाेमा माओवादी केन्द्रले चिन्ता व्यक्त गरेको छ  । उनले भने, ‘पार्टीलाई एकताबद्ध गर्नुपर्छ । जनवर्गीय सङ्गठनलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

salt training

कमेन्ट गर्नुहोस्