२८ जेठ २०८३, बिहीबार

फिफा वरीयतामा नेपाल एक स्थान तल खस्कियो

असोज ४, २०८१
काठमाडौं
फिफा वरीयतामा नेपाल एक स्थान तल खस्कियो
फाइल तस्वीर

फिफा वरीयताको पुरुषतर्फ नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

नेपाल वरियताको १७६ औं स्थानमा छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेको छैन । 

दक्षिण एसियाली वरीयतामा भुटान दुई स्थान तल झर्दै १८४ औं स्थानमा, बंगलादेश दुई स्थान तल झर्दै १८६ औं स्थानमा, पाकिस्तान १९७ औं स्थान र श्रीलंका ५ स्थान सुधार गर्दै २ सयौं स्थानमा छ । 

नेपालभन्दा माथि रहेको माल्दिभ्स १६३ औं र भारत १२६ औं स्थानमा छ । विश्व वरीयतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो, स्पेन तेस्रो, ईङ्ल्याण्ड चौथों र ब्राजिल पाँचौ स्थानमा छ । 

salt training

कमेन्ट गर्नुहोस्