२१ जेठ २०८३, बिहीबार

भदौमा घट्यो घरजग्गा कारोबार, राजस्वमा पनि कमी

असोज ४, २०८१
काठमाडौं
भदौमा घट्यो घरजग्गा कारोबार, राजस्वमा पनि कमी

चालू आर्थिक वर्षको भदौ महिनामा घरजग्गा कारोबार र राजस्व संकलन दुवैमा गिरावट आएको छ । चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा घरजग्गा कारोबार ८.८० प्रतिशत र राजस्व संकलन २५ प्रतिशतले घटेको हो ।

भदौ महिनामा मात्रै कुल ३२ हजार ७९८ घरजग्गा कारोबारको लिखत पारित भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३५ हजार ६८६ वटा घरजग्गाको कारोबार भएको थियो । यसपटक ८.८० प्रतिशतले कमी आएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार भदौमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ९ करोड २ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ४३ हजार ८३५ वटा घरजग्गा कारोबार भएका थिए । एकै महिनामा सरकारले ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । 

साउन महिनाको तुलनामा घरजग्गा कारोबार ३३.६५ प्रतिशतले घटेको छ । राजस्व संकलन पनि २५ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी घरजग्गा कारोबार कुन जिल्लामा ? 

भदौ महिनामा सबैभन्दा बढी १ हजार ८७१ वटा घरजग्गा कारोबार भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा भएको छ । 

जनकपुरधाम धनुषा कार्यालयबाट १ हजार ४९, झापाको भद्रपुर कार्यालयबाट १ हजार ३९९, बेलबारी मोरङबाट १ हजार ३२१ कारोबार भएका छन् ।

त्यसैगरी, सबैभन्दा कम मनाङ कार्यालयबाट २ वटा र डोल्पा कार्यालयबाट ९ वटा कारोबार भएको तथ्यांक छ ।
 

salt training

कमेन्ट गर्नुहोस्