०६ साउन २०८३, बुधबार

नेशनल लाइफको ‘मिट द सीईओ’ सम्पन्न

असोज ४, २०८१
काठमाडौं
नेशनल लाइफको ‘मिट द सीईओ’ सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ ।

मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

मधेश प्रदेशबाट योग्य भएका करिब ३० जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा सीईओ सुरेशप्रसाद खत्रीले सहभागी सबै अभिकर्ताहरूलाई उनीहरूको लगन परिश्रमको कदर गर्दै  मायाको चिनो प्रदान गरेका थिए ।​​​

स्किममा व्यवस्था भएअनुरूप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।​

अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

समारोहमा सीईओ खत्रीले अभिकर्ताहरूको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा 'मिट द सीईओ' स्किम ल्याइएको बताए । 

नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरू छनोट भएको र मधेश प्रदेशबाट मात्रै ३० जना अभकिर्ताहरू छानिएका उनले जानकारी दिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले सीईओ खत्री​समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृत रूपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तरक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने विश्वास उनीहरूको थियो ।

यस प्रकारको योजना आगामी दिनमा पनि ल्याउनुपर्ने सुझाव उनीहरूले दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्