२४ असार २०८३, बुधबार

१७ लाख मूल्य बराबरको अवैध सामान बरामद

असोज ४, २०८१
पर्सा
१७ लाख मूल्य बराबरको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल, पर्साले आज विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रुपमा भित्राइएको रु १७ लाख २७ हजार मूल्य बराबरका कपडासहितको किरानाका सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनवाबाट अवैध रुपमा भित्रिएका किरानाका सामान, कपडा, जुत्तालगायतका सामान बोकेको ना ५७ प ५३२६ नम्बरको मोटरसाइकलसहित १४ लाख ६४ हजार सात सय ७० मूल्य पर्ने सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर कुँवरले शुक्रबार बलले अवैध रुपमा भन्सार छली गरेर भित्राइएका लत्ताकपडासहितका अन्य सामान बरामद गरिएको जानकारी दिए । 

“अवैध भन्सार छली गरेर भित्राइएका सामान पक्राउ गरेर शुक्रबार नै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेका छौँ”, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्