०६ साउन २०८३, बुधबार
छानबिन समितिको प्रतिवेदन

नायक-नायिकाका छोराछोरीलाई सिनेमामा डेब्यु गराउने भन्दै सहकारीको करोडौं रकम अपचलन

असोज ५, २०८१
काठमाडौं
नायक-नायिकाका छोराछोरीलाई सिनेमामा डेब्यु गराउने भन्दै सहकारीको करोडौं रकम अपचलन

नायक शिव श्रेष्ठका छोरा तथा नायिका करिश्मा मानन्धरको छोरीलाई म्युजिक भिडियो र सिनेमामा समेत डेब्यु गराउने नाममा सहकारीको ठूलो रकम अपचलन भएको पाइएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट नायक श्रेष्ठको छोरा तथा नायिका मानन्धरको छोरीलाई म्युजिक भिडियो र सिनेमामा समेत डेब्यु गराउने भनेर गरेको ठूलो लगानी फसेको पाइएको हो । 

त्यसैगरी नेपाल प्रहरीका पूर्वएआइजी छविराज जोशीका छोरा रोचकलाई समेत म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर सहकारीबाट लगानी गरेको ठूलो रकम फसेको सहकारीसम्बन्धी संसदीय विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । तर, कति रकम फसेको हो भन्नेबारे प्रतिवेदनमा केही उल्लेख गरिएको छैन ।

२०६७ साउन ७ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सहकारी संस्थापक अध्यक्ष दिनेश दर्शनधारी हुन् । अहिले पनि सहकारीका अध्यक्षमा दर्शनधारी नै छन् । २०६७ मा स्थापना भएको सहकारीमा अन्य पाँचवटा सहकारी संस्था पनि मर्ज भएका थिए ।

दर्शनधारीले ठूलो लागतमा सिनेमा र म्युजिक भिडियोसमेत बनाएको र त्यसमा ठूलो रकम फसेको प्रतिवेदनमा उल्लेख छ । उनले नेपाल प्रहरीका पूर्वएआइजी जोशीका छोरा रोचक, नायक श्रेष्ठका छोरा तथा करिश्मा मानन्धरको छोरीलाई म्युजिक भिडियो र सिनेमामा समेत डेब्यु गराउने भने ठूला लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।​

सहकारीले सोनित्य बचत तथा ऋण सहकारी संस्था, आदिवासी जनजाति महिला बचत तथा ऋण सहकारी संस्था, आरोग्य बचत तथा ऋण सहकारी संस्था, हाम्रो भरोसा बहुउद्देश्यीय सहकारी संस्था र निर्मल बुद्धभूमि बचत तथा ऋण सहकारी संस्थालाई आफूमा एकीकरण गरेको थियो ।

सहकारीको सञ्चालक समिति अध्यक्षमा दर्शनधारी, उपाध्यक्ष तारा तुलाधर, सचिव यसोदा राई, कोषाध्यक्ष जेनु मर्हजन र सदस्यहरूमा जेनिस महर्जन, अनिल अधिकारी, शान्तिकुमारी राई छन् । सहकारीको प्रमुख कार्यकारी अधिकृतमा सुवर्ण महर्जन छन् । यस्तै आयुषा दर्शनधारी सहकारीको सिनियर व्यवस्थापक हुन्  ।

सहकारीले कृषि फार्मसमेत सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीको बचकर्ताबाट पैसा उठाएर लगानी गरेको भए पनि त्यसबाट कुनै प्रतिफल प्राप्त भएको छैन ।​

दर्शनधारीका भाइ योगेन्द्र दर्शनधारी निर्मल बुद्धभूमि बचत तथा ऋण सहकारीका अध्यक्ष थिए । उक्त संस्था दर्शनमा २०८० भदौ २५  मा एकीकरण भएको हो । यस्तै शान्तिकुमारी राई अध्यक्ष रहेको आदिवासी जनजाति सहकारी २०७८ वैशाख ९ गते दर्शन सहकारीमा मर्ज भएको हो । त्यही मितिमा सोनित्य बचत तथा ऋण सहकारी संस्था पनि मर्ज भएको प्रतिवदेनमा देखिन्छ ।​

मर्ज भएपछि नयाँ सञ्चालक समिति बन्यो । मर्ज भएर नयाँ सञ्चालक समिति बन्दा कोषाध्यक्ष दुई जनालाई बनाइएको थियो । जेनु महर्जन र आदिवासी जनजाति महिला बचत तथा ऋण सहकारीको तत्कालीन अध्यक्षलाई मर्ज भएपछि कोषाध्यक्ष बनाइएको हो । दर्शन सहकारीका सञ्चालक सिमरामा रहेको नवरात्रि कृषि सहकारीमा पनि सञ्चालक छन् । सिमरामा दर्शनधारीले कृषि फार्म नै चलाएका छन् ।

दर्शन बचत तथा ऋण सहकारीमा जम्मा कर्जा  १ अर्ब ४५ करोड १३ लाख ४५ हजार २१३ रुपैयाँ छ । जसमा प्रावधान बमोजिम  जम्मा ६ करोड २५ लाख ६७ हजार २६० रुपैयाँ कर्जा लगानी गरिएको छ  ।

'कर्जा र जोखिमको अनुपात विश्लेषण गर्दा ४.३ प्रतिशत मात्र रहेको छ । संस्थाले कूल निक्षेप रकमको कम्तीमा १० प्रतिशत तरलता राख्नु पर्नेमा त्यसको पनि उल्लङ्घन गरी १.८३ प्रतिशत मात्र तरलता राखेको देखिन्छ,' संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्