२६ असार २०८३, शुक्रबार

रामेछापमा जीप दुर्घटना : १ जनाको मृत्यु, ६ घाइते

असोज ६, २०८१
रामेछाप
रामेछापमा जीप दुर्घटना : १ जनाको मृत्यु, ६ घाइते

रामेछापको मन्थली नगरपालिका– ५ स्थित सुनारपानीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

मन्थलीबाट सुनारपानी हुँदै सालुतर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको डबल क्याप बोलेरो जीप अनियन्त्रित हुँदा आज दिउँसो सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । 

दुर्घटनामा परी सोही वडाका ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सोही वडाका चालक ४२ वर्षीय गुणकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई उपचारका लागि काठमाडौं पठाइएको छ । 

अन्य घाइतेमा सोही वडाकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली र सरिताकी पाँच महिनाका छोरी रोनिषा छन् ।

सामान्य घाइतेको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्