१० साउन २०८३, आइतबार

रास्वपा कार्यालयमा भीड बढेपछि बालाजु र सोह्रखुट्टे वृत्तबाट प्रहरी खटाइयो

असोज ६, २०८१
काठमाडौं
रास्वपा कार्यालयमा भीड बढेपछि बालाजु र सोह्रखुट्टे वृत्तबाट प्रहरी खटाइयो

रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको खबर फैलिएपछि बनस्थलीस्थित पार्टी कार्यालयमा ठुलो संख्यामा नेता कार्यकर्ता भेला भएका छन् । 

भिडभाड बढेसँगै सुरक्षाका लागि कार्यालय आसपास प्रहरी खटाइएको छ । 

प्रहरी वृत्त बालाजु र  सोह्रखुट्टे वृत्तका डीएसपीको नेतृत्वमा टोली कार्यालय आसपास खटाइएको हो । 

प्रहरी अधिकारीहरुका अनुसार आजै लामिछानेलाई पक्राउ गर्ने सम्भावना कम छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भइनसकेको कास्की प्रहरीले जनाएको छ ।

कास्कीस्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान सुरु भएको र आवश्यक प्रक्रिया पूरा गरेर मात्रै उनलाई पक्राउ पर्ने नगर्नेबारे निर्णय हुने प्रहरी अधिकारीहरुको भनाइ छ । 

लामिछाने गोर्खा मिडियाका प्रबन्ध निर्देशक हुँदा सहकारीबाट अवैध तरिकाले ल्याएको करोडौं रकम अपचलन गरेको पाइएकाले सहकारी छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्