०९ साउन २०८३, शनिबार

रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन

असोज ६, २०८१
काठमाडौं
रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन

रास्वपाका सभापति रवि लामिछानेले आफूले केही नबिराएको दाबी गर्दै पक्राउ परिन्छ कि भनेर नडराएको पनि बताएका छन् । आफूलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिएको बारे आक्रोश पोख्दै लामिछानेले आइतबार राति पार्टी कार्यालयमा ​समर्थकहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

'मैले केही बिराएको पनि छैन, म डराएको पनि छैन’, उनले भने, ‘सबैलाई हेक्का होस्, दुई तिहाइको सरकारलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन’, उनले समर्थकहरूमाझ भने । 

 प्रहरीको अनुसन्धानदेखि कहीँ कतै पनि आफू सहकारी ठगीमा संलग्न नरहेको देखिएको दाबी गर्दै उनले गोरखा मिडियामा आएको पैसा चलाएको बारेमात्रै कारबाही गर्न भनेको बताए । 

 ‘कुनै पनि तथ्यले रवि लामिछाने सहकारी ठगीमा छैन संलग्न भएको पुष्टि भएको छैन । तर, अहिले कुन नयाँ तथ्य आयो र यो ट्रायल भइरहेको छ ?’, उनले आक्रोश पोखे ।  

उनले अगाडि भने, ‘म भागेको र डराएको छैन । म यहीँ छु । सरकारले जुन चाल देखाइरहेको छ त्यो मैले बुझ्न सकेको छैन । म एउटा कुरा भन्न चाहन्छु, सरकार मलाई तपाईँहरूको फेबर चाहिँदैन । तर, अन्याय गर्न पाइँदैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्