३० जेठ २०८३, शनिबार

१३ करोड ६६ लाखमा बनेको पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन

असोज ८, २०८१
नवलपरासी
१३ करोड ६६ लाखमा बनेको पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन

​​​पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ ।

लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार रु १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो ।

निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नयाँ भवनबाट बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर ज्ञवालीले जानकारी दिए ।

भवन निर्माण कम्पनीका इन्जिनियर अरविन्द मण्डलका अनुसार नयाँ भवनमा अस्पतालले विद्युत् जडान नगरेकाले हस्तान्तरणमा समस्या भएको छ । उनले भवनको रङ रोगन र ‘फिनिसिङ’लगायतका काम सम्पन्न भइसकेको बताए ।

अस्पतालको  भवन सञ्चालनमा आएसँगै त्यहाँ कार्यरत चिकित्सकलाई आवास र बिरामीलाई पनि थप सहज हुने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए ।

भवन हस्तान्तरण गर्ने बित्तिकै बिरामीलाई सोही भवनबाट आईसीयूसहित अन्य स्वास्थ्य सेवा प्रदान गरिने उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्