१० साउन २०८३, आइतबार

देउवाले गरे थारू विभागमा १० सदस्य मनोनीत

असोज ८, २०८१
काठमाडौं
देउवाले गरे थारू विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारू विभागमा १० सदस्यलाई मनोनीत गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रमुख रहेको विभागमा मंगलबार सदस्यहरू मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरूमा देवमान चौधरी- बर्दिया, हल्लुप्रसाद चौधरी- दाङ, शिवनारायण राना- कैलाली, साजनकुमार महतो- चितवन र शैलेन्द्र चौधरी- रौतहट रहेका छन् ।

यसैगरी सभापति देउवाले नमिता चौधरी- सप्तरी, वोरनारायण चौधरी- सुनसरी, सरिता चौधरी- कैलाली, सूची चौधरी, मोरङ र कुलमणि चौधरी- बारालाई पनि सदस्यमा मनोनीत गरेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

null

salt training

कमेन्ट गर्नुहोस्