२० असार २०८३, शनिबार

भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले गरे लुम्बिनी विकास कोषका पदाधिकारीलाई आक्रमण

असोज ८, २०८१
बुटवल
भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले गरे लुम्बिनी विकास कोषका पदाधिकारीलाई आक्रमण

लुम्बिनी गुरू योजनाको कामको भुक्तानी नपाएपछि निर्माण व्यवसायीले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण गरेका छन् ।

कामका भुक्तानी नपाएको भन्दै मंगलबार ठेकेदार व्यवसायीले कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई(सिद्धिचरण) र सदस्य सचिव सानुराजा शाक्यलाई हातपात गरेका हुन् ।

राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्यक्रम भइरहेको बेला ठेकेदारहरूको समूह होहल्ला गर्दै आक्रमणमा उत्रिएको हो ।

कोषाध्यक्ष भट्टराईलाई एकाएक २० जनाको समूहले लछार्दै आक्रमण गरेका थिए ।

आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको विकास कोषका प्रेस सल्लाहकार विनोद परियारले जानकारी दिए ।​

केही दिनदेखि गुरू योजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुल हुज्जतसहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए ।  

उनले आफ्नो ज्यानको खतरा रहेको भन्दै सुरक्षाको माग गरेका छन् ।

बैठक चलिरहेकै बेला समिति सभापति सोनामग्याल्जेन शेर्पाको अगाडि आक्रमण भएको हो ।

कोषको दायित्व ४९ करोडको छ । जसमध्ये संघीय सरकारबाट प्राप्त गर्नुपर्ने ४४ करोड रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्