११ साउन २०८३, सोमबार

भारतीय अर्थतन्त्र सङ्कटको सामना गर्न सक्षम छ : आरबीआई गभर्नर दास

असोज ८, २०८१
काठमाडौं
भारतीय अर्थतन्त्र सङ्कटको सामना गर्न सक्षम छ : आरबीआई गभर्नर दास

भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले भारतीय अर्थतन्त्र विभिन्न संकटको सामना गर्न सक्षम रहेको बताएका छन् ।

मङ्गलबार काठमाडौंमा ‘फस्ट हिमालय शमशेर मेमोरियल लेक्चर’मा आरबीआईका गभर्नर दासले भारतीय अर्थतन्त्रलाई सङ्कटमा पनि बलियो रूपमा उभिन सक्षम बनाएको बताएका हुन् ।

गभर्नर दासले आरबीआईको नीति निर्माण र दूरदर्शि दृष्टिकोणले भारतीय अर्थतन्त्रलाई बलियो बनाउन ठूलो भूमिका खेलेको बताए ।

गभर्नर दासले भने, ‘भारतीय अर्थतन्त्रलाई बलियो बनाउन रिजर्व बैंकको नीति निर्माण र दूरदर्शि दृष्टिकोणले ठूलो भूमिका खेलेको छ । सङ्कटमा भारतीय अर्थतन्त्रलाई बलियो रूपमा उभिन सक्षम बनाएको छ । भारतीय अर्थतन्त्रले आज ठूलो सुधार गरेको देख्न सकिन्छ ।’ 

‘वित्तीय सङ्कट, महामारी, मुद्रास्फीति र भू-राजनीतिक द्वन्द्वले विश्व अर्थतन्त्र गुज्रिरहेको छ । २१ औँ शताब्दीमा भू-राजनीतिक अस्थिरता र भू-आर्थिक खण्डीकरणले केन्द्रीय बैंकहरूका लागि ठूलो चुनौती खडा गरेको छ । यसका साथै प्रविधिले पनि वित्तीय सेवा क्षेत्रमा परिवर्तन ल्याएको छ’, उनले भने, ‘त्यस्तै फिनटेक आविष्कारहरूले पनि नयाँ सम्भावनाहरूलाई उजागर गरिरहेको छ । केन्द्रीय बैंकका लागि डिजिटल युगलाई अगाडि बढाउन चुनौती हुने देखिन्छ । जहाँ डिजिटल ऋण र ऋणीहरूको नियमन र सुपरिवेक्षण गर्ने कुराहरूको चुनौती थप्ने छ ।'

डाटा सुरक्षा र तेस्रो पक्षसँगको सेवा प्रदानका विषयहरूले पनि चुनौती थपिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्