
भारतको जम्मू कश्मीर विधानसभा चुनावको दोस्रो चरणमा आज २६ सिटमा मतदान हुँदै छ ।
२६ सिटमा मतदानका लागि ३ हजार ५ सय मतदान केन्द्रमा आज मतदान हुँदै छ ।
चुनावमा २३९ उम्मेदवारहरू चुनावी मैदानमा छन् । यी सिटमा २५.७८ लाख मतदाता छन् ।
मतदानलाई ध्यानमा राख्दै सम्पूर्ण जम्मू कश्मीर र पीर पञ्जाल उपत्यकामा कडा सुरक्षा व्यवस्था गरिएको छ ।