२१ असार २०८३, आइतबार

झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली ८० हजार घुससहित पक्राउ

असोज ९, २०८१
काठमाडौं
झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली ८० हजार घुससहित पक्राउ

झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

एक भारतीयसँग घुस लिएको अवस्थामा पक्राउगरी ईलाका प्रहरी कार्यालय, अनारमनीमा बुझाइएको जानकारी प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । 

उनीसँगै उनलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्