०२ साउन २०८३, शनिबार

उपकुलपति गिरीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता

असोज ९, २०८१
काठमाडौं
उपकुलपति गिरीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्धको मुद्दामा पुनरावेदन दर्ता गराएको छ ।​

गिरीको मुद्दामा विशेष अदालतबाट भएको फैसला आयोगलाई चित्त नबुझी बुधबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार प्रतिवादी डा. गिरीले प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति भइसकेपछि प्राध्यापक (प्रोफेसर) पद प्रयोग गरेका थिए ।​​ अनुसन्धानका क्रममा उनले आफूले प्राप्त नगरेको ओहदा प्रयोग गरेको पाइएको थियो ।​ त्यसपछि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।​

तर सर्वोच्च अदालतको २०८० फागुन १६ गते दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो ।​ त्यसपछि आयोगले सर्वोच्चमा पुनरावेदन गराएको हो ।​

अर्का प्रतिवादी डा. ज्ञानेन्द्रमान सिंह कार्कीले प्रोफेसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्न सक्नेमा उनी आफैंले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफेसर पदको उपाधि दिएका थिए ।

मतियारको रूपमा भूमिका खेलेको भन्दै आयोगले कार्कीलाई पनि प्रतिवादी बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्