२४ जेठ २०८३, आइतबार

देशभर भारी वर्षाको सम्भावना, तीन दिनसम्म सतर्क रहन महाशाखाको आग्रह

असोज ९, २०८१
काठमाडौं
देशभर भारी वर्षाको सम्भावना, तीन दिनसम्म सतर्क रहन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभरि मौसम बदली रहने र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै महाशाखाले बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र त्यहाँको न्यून चापीय प्रणालीको प्रभावका कारण असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहने र थुप्रै क्षेत्रमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ ।

विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा भारीदेखि अत्यधिक भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, मधेश प्रदेश, कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले दिएको छ । तराईका केही स्थानमा हावाहुरीको समेत जोखिम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महाशाखाले विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, साथै कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क रहन अपिल गरेको छ ।

नदी किनार र पहाडी क्षेत्रका बासिन्दाहरूलाई पहिरो, बाढी, र भूक्षयको जोखिम उच्च रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

असोज १० देखि असोज १३ सम्मको यो मौसमीय अवस्थामा विशेष गरी यात्रा गर्दा सावधानी अपनाउन र आवश्यक तयारी गर्न मौसम विभागले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्