
सकिने बेलामा आजदेखि फेरि मनसुनी प्रणाली सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।
देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । हाल कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशैभरका अधिंकांश ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।
आइतबारसम्म पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
मनसुन सक्रिय भएपछि जल तथा मौसम विज्ञान विभागले बुधबार ५६ जिल्लामा रेड अलर्ट जारी गरेको थियो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ । विभागले ती जिल्लामा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको विशेष बुलेटिनअनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।