
नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क निर्धारणको आधार वर्ष परिवर्तन गरेको छ । केन्द्रीय बैङ्कले यसअघि आर्थिक वर्ष २०७१/७२ लाई आधार वर्ष मान्दै आएकामा यस वर्षदेखि २०८०/८१ लाई आधार मान्ने भएको छ ।
यसअघि ४९६ वस्तुको मूल्यका आधारमा सूचकाङ्क तयार गर्ने गरेमा सो सूचीमा रहेका असान्दर्भिक १०६ वटा हटाई प्रचलित १३५ वटा वस्तु थप गरेर ५२५ पुर्याएको राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । गोरखापत्रमा खबर छ ।