२३ जेठ २०८३, शनिबार

परराष्ट्रमन्त्री र राष्टसङ्घका उपमहासचिवबीच भेट

असोज १०, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री र राष्टसङ्घका उपमहासचिवबीच भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गरेकी छन् । 

त्यस अवसरमा परराष्ट्रमन्त्रीले लामो समयदेखि नेपालले शान्ति  मिशन सहभागी भएर  योगदान गरेको बताउँदै मिशनको उच्च ओहोदामा नेपाललाई अवसर दिनुपर्नेमा जोड दिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 

 नेपालले संयुक्त राष्ट्रसङ्घको आव्हानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा सैनिक परिचालनका हिसाबले सक्दो योगदान गरेकाले उच्च पदमा नेपाली सैन्य अधिकृत नियुक्त हुन वाञ्छनीय भएको परराष्ट्रमन्त्रीले बताइन् । 

परराष्ट्रमन्त्रीले बुधवार नै राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमासँग भेट गरेकी थिइन् ।

परराष्ट्रमन्त्री देउवा र  सर्बियाका विदेशमन्त्री मार्को डिजुरिकले दुई देशका कूटनीतिक तथा सरकारी राहदानी वाहकहरूलाई प्रवेशाज्ञा आवश्यक नपर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्