०३ असार २०८३, बुधबार

बैंग्लोरमा नेपाली युवतीको हत्यागरी ४० टुक्रा बनाएर फ्रिजमा राख्ने अभियुक्तले गरे आत्महत्या

असोज १०, २०८१
काठमाडौं
बैंग्लोरमा नेपाली युवतीको हत्यागरी ४० टुक्रा बनाएर फ्रिजमा राख्ने अभियुक्तले गरे आत्महत्या

भारतको बैंग्लोरमा एक जना नेपाली युवतीको क्रूर हत्या गरेको अभियोग लागेका युवाले आत्महत्या गरेका छन् । 

मुक्ति रञ्जन रोय नाम गरेका ती युवाले महालक्ष्मी नामकी नेपाली युवतीको हत्यागरी उनको शवलाई धेरै टुक्रा पारेर फ्रिजमा राखेको आरोप लागेको थियो । 

प्रहरीले अभियुक्तको निरन्तर खोजी गरिरहेको थियो । तर सेप्टेम्बर २५ मा मुक्तीको शव ओडिशाको एउटा गाउँ नजिकै भेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

इन्डिया टुडेको रिपोर्ट अनुसार मुक्ति रञ्जन ओडिशाको भद्रक जिल्लाको भुइनपुर गाउँ नजिकै मृत फेला परेका हुन् । 

हत्यापछिबैंग्लोर प्रहरीले उनको विभिन्न राज्यमा खोजी गरिरहेको थियो । रिपोर्टका अनुसार रोयले एक सुसाइड नोट पनि छोडेका छन्, जसमा उनले हत्या स्वीकार गर्दै यो अपराध गरेर गल्ती गरेको लेखेका छन् ।

ओडिशा पुलिसले उनीविरुद्ध पहिले नै अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिसकेको छ। 

बैंग्लोरको विनायक नगरमा रहेको तीन तले घरमा उनले ती युवतीको हत्यागरी शव ३० टुक्रा पारेर फ्रिजमा राखेका थिए । 

महालक्ष्मी २०२३ कात्तिकदेखि बसप्पा गार्डेन नजिकै पाँचौं क्रस पाइपलाइन रोडमा भाडाको घरमा बस्दै आएकी थिइन् । उनको विवाह हेमन्त दाससँग भएको थियो । उनीहरूको विवाह भएको ६ वर्ष भएको र उनीहरूको एक छोरी पनि छिन् । 

तर, घरायसी विवादका कारण दुवै जना नौ महिनाअघिदेखि अलग बस्न थालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्