
नेपाल एसबिआई बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रालि, धुलिखेलबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले आवास सुविधामा १५ प्रतिशत र खाद्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा र आगन्तुक रिसोर्ट प्रालिका वरिष्ठ प्रबन्धक (बजार तथा बिक्री) श्रीमती सरस्वती गुरुङले हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत, यादवेन्द्र कान्त, सल्लाहकार पिराज पन्त, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।