
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि आइतवारसम्म देशका अधिकांश क्षेत्रमा ‘अति भारी’ वर्षाको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले मनसुनी वर्षाबाट सातवटै प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको जानकारी दिँदै प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको हो ।
कोशी प्रदेशको झापादेखि सुदूरपश्चिमको कैलालीसम्म नै अति भारी वर्षाको जोखिम रहेको प्राधिकरणले बिहीवार जारी गरेको सूचनामा जनाइएको छ ।
प्राधिकरणले रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लामा शुक्रवार र शनिवार रात्रीकालीन बस नचलाउन अनुरोध गरेको छ ।
यस्तै पहिरोको जोखिम भएका स्थान र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा माछा मार्न नदी किनारमा नजाने पनि आग्रह गरिएको छ ।
यस्तो छ प्राधिकरणको अनुरोधः
