२२ असार २०८३, सोमबार

अल्भारेजले खेलको अन्तिम समयमा गोल गरेपछि एट्लेटिको मड्रिड विजयी

असोज ११, २०८१
काठमाडौं
अल्भारेजले खेलको अन्तिम समयमा गोल गरेपछि एट्लेटिको मड्रिड विजयी

स्पानिस ला लिगा फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सेल्टाभिगोलाई पराजित गरेको छ । जुलियन अल्भारेजले खेलको अन्तिम समयमा गरेको गोलमा एट्लेटिको मड्रिडले सेल्टाभिगोलाई १-० ले हराएको हो । 

सेल्टाको मैदानमा भएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका अल्भारेजले ९०औं मिनेटमा विजयी गोल गरेका थिए । कोकेको स्थानमा ५४औं मिनेटमा मैदान प्रवेश गरेका अल्भारेजले एन्टोइन ग्रीजमनको असिस्टमा गोल गरेका हुन् ।

नयाँ सिजनमा एट्लेटिकोको यो चौथो जित हो । बार्सिलोना र रियल मड्रिडलाई पछ्याइरहेको एट्लेटिको ७ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्