२५ जेठ २०८३, सोमबार

२४ घण्टामा १५० मिलिमिटर वर्षा, कहाँ-कहाँ धेरै पानी पर्‍यो ?

असोज ११, २०८१
काठमाडौं
२४ घण्टामा १५० मिलिमिटर वर्षा, कहाँ-कहाँ धेरै पानी पर्‍यो ?

२४ घण्टाको अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै  स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार बितेको २४ घण्टामा  १५० मिलिमिटर बर्षा भएको छ । हाल देशभर अधिकांश स्थानहरूमा  वर्षा भइरहेको  छ । 

यसैगरी आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले वर्षा, हावाहुरी तथा चट्याङका कारण हुने क्षति कम गर्न सचेत र सतर्क रहन आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्